top of page

आन्दोलनकारीले प्रहरीलाई जीउँदै जलाए, एसएसपी सहित प्रहरी अधिकारीको निधन भिडियो सहित

  • एभिन्युज टेलिभिजन
  • Aug 24, 2015
  • 1 min read

थारुहाट आन्दोनलका क्रममा कैलालीको तोरयिापुरमा थरुहटका कार्यकर्ताले राष्ट्रसेवक प्रहरीलाई जीउँदै जलाएर हत्या गरिउको छ ।

उग्र रुपमा अघि बढेको थरुहटका कार्यकर्ताहरुको आन्दोलन पुर्व नियोजित जस्तो देखिएको छ । आन्दोलनकारीले भाला, चक्कु, बन्चरो सहितका हतीयारको प्रयोग गर्दै प्रहरकिो हत्या गरेका थिए । कम्तीमा दश हजार प्रदर्शनकारीले एकै पटक प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरलिे संयमता अपनाउन आग्रह गर्दा पनि आन्दोलनकारीले प्रहरहिरुलाई समात्दै भाला र बन्चरो प्रहार गरेका थिए । निर्मम रुपमा प्रस्तुत भएका थरुहटका कार्यकर्ताले प्रहरीलाई जीउँदै जलाउने प्रयास समेत गरेका थिए ।

झडपमा परी एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहोरा र एसएसपीका सुरक्षा गार्डको समे मृत्यु भएको छ। घटना लगत्तै स्थानीय प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा भिडन्त भएको हो। क्षेत्रीय प्रशासन कार्यालय टीकापुरले पुन कफ्र्यु लगाइसकेको छ ।

तोरीयापुर, दुर्गोली लगायतका स्थानमा अझै पदर्शनकारीहरुले प्रहरीमाथी लुकेर आक्रमण प्रयास गरिरहेका छन् । टीकापुरका स्थानीय संयमीत भएपनि केही व्यक्तिको उक्साहटमा राष्ट्रसेवकमाथी आक्रमण भएको बताइएको छ ।

घटनाको कैलालीका स्थानीयले नै निन्दा र भत्सर्ना गरेका छन् । कम्तिमा ३५ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारी तर्फको अवस्था भने पत्ता लाग्न सकेको छैन ।


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page