top of page

लिम्बुवानले बन्द फिर्ता लियो

  • उमाकान्त खनाल (अन्नपूर्ण पोस्ट)
  • Sep 5, 2015
  • 1 min read

अरुण पूर्वका नौ जिल्लामा अनिश्चितकालिन बन्द आह्वान गरेको संघीय लिम्बुवान पार्टी नेपालले शनिवार अपरान्हबाट बन्द फिर्ता लिएको छ ।

शनिबार बिर्तामोडमा भएको सर्वपक्षीय वार्तामा संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्वले आत्मालोचना गरेसँगै पत्रकार महासंघ र स्थानीय राजनीतिक दलका नेतृत्वसंग चार बुँदे सहमति भएको छ। नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा स्थानीय अर्जुनधारा दैनिकका सम्पादक कृष्ण हुमागाईंलाई आक्रमण गर्ने आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै बन्दको आह्वान गरेको थियो।

सहमति अनुसार उक्त घटनामा घाइते पत्रकार हुँमागाईको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै अब उप्रान्त लिम्बुवान पार्टी सहित सबै राजनीतिक दल र संगठनले त्यस्ता घटना नदोहोर्‍याउने प्रतिवद्धता ब्यक्त भएको पत्रकार झापाका सचिव एकराज गिरीले वताए ।

गत भदौ १५ गते वन्दका क्रममा बिर्तामोडको मुक्ति चोकमा पत्रकार हुँमागाईलाई लिम्बुवानका कार्यकर्ताले कुटपीट गरी घाइते बनाएका थिए । उनको हाल विएण्डसी मेडिकल कलेज विर्तामोडमा उपचार भइरहेको छ ।त्यस्तै घटनामा संलग्न भएको भनि सोही दिन प्रहरीले पक्राउ गरेका लिम्बुवानका ५ कार्यकतालाई विना सर्त रिहाई गर्न प्रशासनसंग पहल गर्ने सहमति भएको बताइएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ्को अध्यक्षतामा भएको वर्ताको सहजीकरण नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक र एकिकृत माओवादीका उपाध्यक्ष राजु आर्चाय अग्निले गरेका थिए ।

सहमतिमा पत्रकार महासंघका तर्फबाट केन्द्रिय सदस्य गणेश पोख्रेल, निवर्तमान केन्द्रिय सदस्य मोहन काजी न्यौपाने, जिल्ला अध्यक्ष नेम्वाङ, उपाध्यक्ष तारामणि सापकोटा,सचिव एकराज गिरी , महासंघका केन्द्रिय सभासद् लोकराज ढकाल, प्रेस चौतारीका अध्यक्ष गोपाल काफ्ले, फोनिजका अध्यक्ष गणेशमान मुखियाले हस्ताक्षर गरेका छन् ।लिम्बुवानको तर्फबाट केन्द्रिय महासचिव खेसेहाङ खजुम, जिल्ला अध्यक्ष धनबहादुर पङ्धाक, सह अध्यक्ष नगेन राई, मुख्य सचिव रोम घिमिरे र सदस्य बुद्ध योञ्जनले हस्ताक्षर गरेका छन् ।


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page