top of page

तापखोला लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु

  • Ujyaalo 90 Network उज्यालो नाईन्टी नेटवर्क
  • Aug 24, 2015
  • 1 min read

खोटाङ, भदौ ६ – खोटाङ बास्पानी गाविसमा निर्माण गरिएको लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको छ । झण्डै चार वर्षअघिदेखि निर्माण कार्य थालिएको ६९ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको हो ।

भर्खरै निर्माण कार्य सकिएको लघुजलविद्युत आयोजनाको परीक्षण प्रशारण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । आउँदो असोजमा उद्घाटन गर्ने तयारी गरिएको आयोजनाबाट खार्ताम्छा र बास्पानी गाविसका ५ सय ७५ घरधुरी उपभोक्ता लाभान्वित भएका खड्काको भनाई छ ।

लघुजलविद्युत आयोजनाले खार्ताम्छाका १, २, ८ र ९ बास्पानीका १, २, ३, ४, ५, ६ र ७ वडाका उपभोक्ताहरु लाभान्वित भएका छन् । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको दुई करोड ४१ लाख ४५ हजार तथा उपभोक्ता समितिको ९२ लाख ५५ हजार बराबरको श्रमदानका साथै बास्पानी र खार्ताम्छा गाविसको १५/१५ लाख रुपैयाँ लगानीमा लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले जनाएको छ ।

जिल्लालाई लोडसेडिङ मुक्त गराउने अभियानलाई सफल बनाउने उद्धेश्यकासाथ लघुजलविद्युत आयोनाको निर्माण कार्य सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page