top of page

सेउती खोलामा पक्की पुल बन्ने

  • Panbbari news
  • Aug 24, 2015
  • 1 min read


पानवारी । धरान–१५ महादेव चोकदेखि दक्षिण धरान–२३ पानवारीसम्म पुग्ने सडक खण्ड अन्तर्गत पर्ने सेउती खोलामा पुल बन्ने पक्का भएको छ ।

दुवै तर्फ पैदल यात्रीलाई बाटो सहित ७ मिटर चौडाइ तथा १०० मिटर लम्बाइ रहने गरीको पुल निर्माण हुने भएको हो । नेपाल सरकारबाट बजेट विनियोजन भइसकेको र आगामी कात्तिकदेखि पुलको ठेक्का प्रकृयामा जाने समेत जानकारी प्राप्त भएको छ ।

पुल निर्माणको लागी स्थानीय मातृकाप्रसाद भट्टराईले काठमाडौमा रहेर पहल गरेका हुन्। पुल निर्माण भएपछि सुनसरीको धरान, मोरङको याङशिला, केराबारी लगायतका वासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । पुलले वैकल्पिक राजमार्ग निर्माण गर्न समेत सहयोग पुर्याउछ ।


 
 
 

Comentarios


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page