कैलाली घटनाका चार अरोपी पक्राउ
- Nagariknews
- Aug 25, 2015
- 1 min read

कैलाली– सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।


पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले भने, ‘दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।’पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

Yorumlar