टीकापुरमा यसरी मारिए प्रहरी र स्थानिय
- Our Panbari हाम्रो पानबारी
- Aug 25, 2015
- 1 min read
दंगा र झडपका घटना घटेपछि स्थानीय प्रशाशन ऐन अनुसार कुनैपनि स्थानमा सेनाको उपस्थिती गराउन स्थानीय निकायलाई निर्देशन दिइएको छ । अहिले टीकापुर क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा आइसकेको बताइएको छ ।

कैलालीमा सेना परिचालन गरिएसंगै मंगलबार कोही पनि प्रदर्शनकारी बजारमा देखिएका छैनन् । सोमबारको घटनाले स्थानियमा त्रास फैलिएको छ भने बजार सुनसान रहेको छ ।
सोमबार थरुहट आन्दोलकारीको आक्रमणबाट सात सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको थियो । कैलाली नगरपालिका–६ शंकरपुरमा कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको मृत्यु भएको हो।

मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का, वरिष्ठ सशस्त्र प्रहरी हवल्दार ललित साउद, हवल्दार रामविहारी चौधरी र प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन् ।
आक्रमणकारीले सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउदका २ बर्षे छोरा टेकेन्द्र साउदको पनि हत्या गरेका छन् । आक्रमणकारीहरुले भाला, बञ्चरोलगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेका हुन् ।
अञ्चल प्रहरी प्रमुख न्यौपानेले भीडलाई सम्झाइरहेका बेला पछाडिबाट भाला प्रहार गरिएको बताइएको छ । घटनामा घाइते ३९ जनामध्ये केहीको टीकापुर र बांकेको कोहल्पुरमा उपचार भईरहेको छ ।





Kommentare