विराटनगरमा सद्भाव र्याली
- Our Panbari
- Aug 25, 2015
- 1 min read

विराटनगर, भदौ ८ – कैलालीको टिकापुरमा सोमबार भएको घटनाको विषयलाई लिएर साम्प्रदयीक हिंसा फैलन सक्ने आशंका गर्दै विराटनगरमा सद्भाव र्याली निकालीएको छ ।

संविधानसभाले ल्याएको संघीयताको सीमाको विषयमा गएको दुई हप्तादेखि चलेको आन्दोलनले सबै क्षेत्र अस्तव्यस्त बन्दै गएको तथा विभिन्न क्षेत्रमा भएको हिंसात्मक घटनाले सबैलाई भयभित पारेपछि विराटनगरमा सद्भाव र्याली निकालिएको हो ।

संयुक्त टोल नगर समन्वय समितिको आयोजनामा भएको सद्भाव र्यालीमा सबै क्षेत्रका नागरिकको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रमा भएको घटनाले सबै क्षेत्र आतंकित भएकोले त्यसलाई केही राहत दिनको लागि सद्भाव र्याली निकालिएको संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले जानकारी दिनुभयो ।

Comments