top of page

सुनसरी पनि थरुहटको आन्दोलनले तनावग्रस्त

  • अन्नपूर्ण पोस्ट
  • Aug 25, 2015
  • 1 min read

सुनसरी, भदौ ८ । थरुहट संघर्ष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालिकामा तनाव सिर्जना भएको छ । सुनसरीको दुहबी नगरपालीका, औरावनी, सिमरियालगायतका गाविसबाट आएका थरुहट कार्यकर्ताले मंगलबार दुहवीमा प्रदर्शन गरेका हुन् । हप्तादिनदेखि थरुहटका कार्यकर्ताहरुले तराईका २२ जिल्लालाई थरुहट राज्यको माग गर्दै पर्दशन गरीरहेका छन्। थरुहटका कार्यकर्ताहरुले मंगलवारबाट दुहवी बजारमा लाठि जुलुस पर्दशन गरेका छन्। सुनसरीको दहबी नगरपालीका, औरावनी, सिमरिया लगायतका गाविसबाट आएका थरुहटका कार्यकर्ताहरुले दिनभर दुहवीमा पदृशन गरीरहेका छन्।

गृहमन्त्री बामदेश गौतमको राजिनामा माग्दै पर्दशनकारीहरुले लाठि जुलुस निकाले पछी दुहबी भलुवा नगरपालीकामा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी श्यमसिंह चौधरीको नेतृत्वमा दुहबी बजारमा थप प्रहरी परिचालन गरिएको छ।

थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउदै सवारी साधन संचालन गर्न नदिएपछी विराटनगर-इटहरीको यातायात सेवा ठप्प भएको छ। पर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जादै गरेको एउता एम्बुलेन्स तोडफोड समेत गरेका छन्।

थरुहटका कार्यकर्ता र मधेसवादी दलको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा बजार पनि पूर्ण रुपमा ठप्प भएको छ। इनरुवाबाट पूर्व पश्चिम जाने यातायातका साधन समेत संचालनमा आउन सकेका छैनन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यपापक रुपमा प्रहरी परिचालन गरिएको बताएका छन्।


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page