८ प्रदेश नबनाए गच्छदारले पनि संविधानसभा छोड्ने
- पहिलोपोस्ट
- Aug 26, 2015
- 1 min read

मधेशी जनाधिकार फोरम लोकतान्त्रकिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानको मस्यौदालाई संसोधन गरेर ८ प्रदेशको सीमाकंन नराख्ने हो भने आफ्नो पार्टी सविधानसभाबाट बाहिरिने चेतावनी दिएका छन्। संविधानसभा बैठकमा आज बोल्दै गच्छदारले ८ प्रदेशको संघीयताले मात्र आदिवासी जनजाति र मधेशी समुदायको मागलाई संबोधन गर्ने भएकाले परिमार्जित विधेयकलाई संसोधन गरी ८ प्रदेशमा जानुपर्ने बताए।
'यदि यो समुदालयले उठाएको आवाजलाई संबोधन नगरी परिमार्जित मस्यौदालाई पारित गर्ने प्रयास भयो भने विधेयकमाथि छलफल हुँदासम्म प्रक्रियामा रहन्छौं त्यसपछि मेरो पार्टी र म समेत बाहिर जान्छु' गच्छदारले भने। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकबीच १६ बुँदे सहमतिमा ८ प्रदेश उल्लेख भएको भन्दै गच्छदारले त्यसबाट दायाँबायाँ गर्दा संघीयतामा समस्या देखिएको बताए।
हामीले पहिले ८ प्रदेशको खाका कोरेका थियौं, त्यसमा किन अडिन सकेनौं?' गच्छदारले प्रश्न गरे ' निश्चित सिद्धान्त र मान्यतामा नटेकी ल्याएकाले ६ प्रदेशमा टिकेनौं फेरि ७ प्रदेशमा गयौं, यसले पनि पहाडलाई मात्र संबोधन गर्यो, पहाडलाई गरेन।' अहिलेको संविधानसभामा मधेशवादी दलहरु कमजोर भए भन्दैमा हिजो ती दलहरुले उठाएका कुरा असत्य र गलत नभएको भन्दै गच्छदारले भने ' मधेशले उठाएका माथहरु निरर्थक थिए भन्ने हो भन् त्यो सर्वथा गलत हुनेछ।'
コメント