नेपाल अफगानिस्तान लाई हराउदै फाईनलमा प्रवेश।
- रमेश सिंह बोहरा
- Aug 27, 2015
- 1 min read
१९ वर्षमूनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाईनलमा प्रवेश गरेको छ । सेमिफाइनल मा अफगानीस्तानलाई ३-२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पहिलो हाफमै २-० को अग्रता पाएको थियो दुवै गोल अञ्जन विष्टले गरेका थिए , विष्टले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि नेपालले चार मिनेट पछि पेलाल्टीको अवसर पायो र विष्टले नै ३९ औँ मिनेटमा गोल गर्दै नेपाललाई २- ० को अग्रता दिलाए। ५० औ मिनेटमा अफगानिस्ताले जवाफी गोल फर्काएको थियो । लगत्तै ५३ मिनेट सुनील बलले नेपालका लागी तेस्रो गोल प्रहार गरे ।

खेलको ७२ औँ मिनेटमा मेहेन्दी रेजईले अफगानिीतानका लागि दोस्रो गोल गरेका थिए । खेलमा थप ६ मिनेट अतिरिक्त समय दिईएको थियो तर अफगानिस्तानले भने अरु गोल र्फकाउन सकेन । ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दिउँसो साढे ३ बजे भारत र बंगलादेश भिड्दै छन् । नेपाल समूह ‘ए’ को विजेता हो भने अफगानिस्तान समूह ‘बी’ को उपविजेता रहेको थियो । । त्यसैगरी भारत समूह ‘बी’को विजेता तथा बंगलादेश समूह ‘ए’ को उपविजेता हो । ६ टिम सहभागी प्रतियोगिताबाट भुटान र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका थिए ।

भारत सँग नेपालले शनिवार उपाधिको लागि भिडन्त गर्नेछ । पहिलोपटक भएको अन्डर नाईनटिन साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपालका कप्तान विमल घर्ति मगर र नेपालकै अञ्जन विष्टले सर्वाधिक ३-३ गोल गरेका हुन् ।भुटान विरुद्धको पहिलो समुह खेलमा विमल घर्ति मगरले ह्याट्रिक गरेका थिए।
Comments