top of page

भारतलाई हराउँदै नेपाल च्याम्पियन

  • Our Panbari
  • Aug 29, 2015
  • 1 min read

भदौ १२ । पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजा निस्किएको हो ।

यसअघि, नेपालले खेलको ३१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका हुन् । तर, ८८औं मिनेटमा भारतले पेनाल्टीमा गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page